१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रथम कालिका गोल्डकप चैत २१ देखि

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ०५:३६


चितवन । कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो ।

यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका–४ को क्याम्पस खेलमैदानमा फुटबल प्रतियोगिता हुने स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पूर्ण चौधरीले बताउनुभयो ।

प्रतियोगिताका विजेताले क्रमशः प्रथम हुनेलाई एक लाख ११ हजार एक सय ११  रुपैंया र द्वितीय हुनेलाई ५५ हजार पाँच सय ५५  रुपैंयासहित, ट्रफी र प्रमाणपत्र प्रदान गरिने चौधरीले बताउनुभयो ।

‘प्रथम कालिका गोल्डकप’ नाम दिइएको यस प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई साइकल पुरस्कार दिइने छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !