७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस

प्रकाशित मिति :  ७ चैत्र २०७७, शनिबार ०५:०८


काठमाडौं । आज शान्ति प्रक्रियाका सुत्रधार मध्येका एक गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस । उहाँको सम्झनामा जीपी कोइराला फाउण्डेसनले स्मृति दिवस मनाउँदै छ ।

नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उल्लेख्य भूमिका खेल्नु भएको थियो ।  २०६२⁄०६३ को सफल जनआन्दोलन पछि सरकारको तर्फबाट वृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी उहाँले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभएको थियो ।

नेपालमा गणतन्त्र स्थापनमा पनि कोइरालाको महत्वपूर्ण योगदान रहेको छ । स्वर्गीय कोइराला पटक पटक नेपालको प्रधानमन्त्री समेत हुनुभयो ।

विराटनगर जुटमिलको मजदुर आन्दोलनबाट उहाँले राजनीति सुरु गर्नुभएको थियो । उहाँ तीन कार्यकाल नेपाली कांग्रेसको सभापति हुनुभयो ।

कोइरालाको २०६६ साल चैत ७ गते छोरी सुजाता कोइरालाको मण्डिखटार स्थित घरमा निधन भएको थियो । कोइरालाको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी गाउँमा वि.सं. १९८१ असार १८ गते जन्म भएको थियो । उहाँको परिवार भारतमा निर्वासित जीवन बिताइरहेको बेला कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छो छोराको रुपमा गिरिजाप्रसाद कोइरालाको जन्म भएको थियो ।



प्रतिक्रिया दिनुहोस !