११ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेसको ध्यान निर्वाचनमा : प्रकाशशरण महत

प्रकाशित मिति :  २ चैत्र २०७७, सोमबार ०५:४९


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेसको ध्यान आमनिर्वाचनमा केन्द्रीत भएको बताउनुभएको छ ।

प्रेस युनियन कैलालीद्वारा सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचन भएको बताउनुभयो । ‘हाम्रो मूल लक्ष आमनिर्वाचन नै हो’,  उहाँले भन्नुभयो ।

तत्काल अल्पकालीन अवस्थामा संसद्को अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । कांग्रेस अनुकुल अवस्था भए सरकारमा जान पनि सक्ने उहाँको भनाइ छ ।

उहाँले नेपाली कांग्रेस सरकारको नेतृत्वको लागि तयार रहेको भए पनि अरुको नेतृत्वमा भने सरकामा नजाने प्रष्ट पार्नुभयो । ‘स्वाभाविक र प्राकृतिक रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ, तर अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ छैन’, उहाँले भन्नुभयो ।

कांग्रेस अझै पनि पर्ख र हेरकै अवस्थामा रहको उहाँले बताउनुभयो । सबै राजनीतिक दलसँग छलफल भइरहेको भएपनि कांग्रेस निष्कर्षमा नपुगेको उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !