१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियु ताप्लेजुङ सहसंयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार, याेगेश भट्टराईद्धारा आक्रमणकाे निन्दा

प्रकाशित मिति :  ११ मंसिर २०८०, सोमबार ०८:०४


काठमाडाैं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका ताप्लेजुङ सहसंयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

सदरमुकाम फुङलिङ नगरपालिकास्थित आफ्नै निवास अगाडि बानियाँमाथि सोमबार बिहान खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ ।

फुङलिङ-४ का प्रेमराज लिम्बूले खुकुरी प्रहार गर्दा बानियाँकाे खुट्टामा गम्भीर चाेट लागेकाे छ । बानियाँलाई उपचारका लागि ताप्लेजुङ अस्पताल भर्ना गरिएकाे प्रहरीले जनाएकाे छ ।

खुकुरी प्रहार गरेर फरार रहेका लिम्बूकाे खाेजी भइरहेकाे पनि प्रहरीले जनाएकाे छ । बानियाँ कोशी प्रदेश सभाका सांसद् तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव समेत हुनुहुन्छ ।

घटनाकाे नेकपा एमालेका सचिव तथा सांसद् याेगेश भट्टराईले विवेक बानियाँमाथि भएकाे आक्रमणकाे निन्दा गर्नुभएकाे छ ।

सचिव भट्टराईले अपराधीलाई तत्काल कारबाही गर्न सामाजिक सञ्जालमार्फत सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभएकाे छ । उहाँले बानियाँकाे उपचारकाे व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभएकाे छ ।

‘आज बिहान ताप्लेजुङ बजारमा अनेरास्ववियुका जिल्ला सह-संयोजक कमरेड विवेक बानियाँमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछु, अपराधीलाई तत्काल कारबाही गर्न र घाइते बानियाँको उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु’- सचिव भट्टराईले लेख्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !