१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयमा लड्दै आएको पार्टी हाे – भानुभक्त ढकाल

प्रकाशित मिति :  ७ मंसिर २०८०, बिहीबार १०:४७


काठमाडौं । नेकपा एमाले जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले नेकपा एमाले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयमा लड्दै आएको पार्टी भएको बताउनुभएको छ ।

बिहीबार एमालेका जनसंगठनले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै ढकालले नेकपा एमाले सदा सर्वदा जनता र राष्ट्रको समृद्धिको पक्षमा लडिरहने बताउनुभयो । वर्तमान सरकारलाई खबरदारी गर्न आजको कार्यक्रम आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेको भविष्य माथि जोडिएर उठाइएको प्रश्नको आजको प्रदर्शनले जवाफ दिएको ढकालले बताउनुभयो । झडप हुन्छ भनेर अनेक खालका भ्रम फिँजाउने काम भएको भए पनि त्यो सबैलाई चिरेर व्यापक जनप्रदर्शन भएको उहाँले प्रष्ट पार्नुभयो ।

एमाले पार्टीका कार्यकर्ता माथि भएका सुनियोजित खालका आक्रमणलाई एमाले र जनसंगठनले टुलुटुलु हेरेर नबस्ने उहाँले चेतावनी दिनुभयो । ‘आपराधिक तत्त्वहरूको संरक्षणमा सरकार लागेको छ’, ढकालले भन्नुभयो ।

नेकपा एमाले सरकारमा नरहँदा देश र व्यवस्था नै रहने हो कि भन्ने आशंका जनमानसमा फैलिएको ढकालले बताउनुभयो । गठबन्धनको कारण सर्वत्र अराजकता र निराशा बढेको उहाँको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !