८ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आर्मी गट ट्यालेन्टका विजेता ( तस्बिरसहित )

प्रकाशित मिति :  २६ फाल्गुन २०७७, बुधबार ०६:५२


काठमाडौं । दोस्रो संस्करणकाे आर्मी गट ट्यालेन्ट प्रतियाेगिता २०७७ सम्पन्न भएको छ ।

नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको अवसरमा सञ्चालन गरेकाे साे प्रतियाेगिता मंगलबार जंगी अड्डामा सम्पन्न भएकाे हाे । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगितामा विभिन्न पृतना हेडक्वाटर तथा अन्तरगत युनिटहरुबाट विभिन्न विधामा छनौट भएका २६  प्रतियोगीमध्ये केन्द्रीय तहको प्रतिष्पर्धाबाट १४ जना अन्तिम प्रतिष्पर्धाको लागि छनौट भएका थिए ।

जसअनुसार बाध्यबाधन विधामा केशव मगर र थोम बहादुर गुरूङ विजयी भएका छन् । मूर्तिकला विधामा कौसीबहादुर बुढा, ह्याण्ड स्ट्याण्ड विधामा हरिचन्द्र गिरी र नृत्य कलामा निरज खतिवडा विजयी भए । त्यस्तै सन्तुलन कलामा नितराज खतिवडा र पेन्टिङ्ग विधामा खरुराम थापा मगर विजयी भएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएकाे छ ।

केन्द्रीय तहको छनौट समितिको निर्णय अनुसार सर्बोत्कृष्ट हुन सफल भएकालाई ५० हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो । सकलदर्जामा रहेको प्रतिभा पहिचान तथा प्रेरणा दिने उद्देश्यले नेपाली सेनाले साे प्रतियाेगिता आयोजना गर्दै आएकाे छ ।



प्रतिक्रिया दिनुहोस !