१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विमा कम्पनी मारमा, सरकारले नदिने भयो कोरोना विमाको रकम

प्रकाशित मिति :  १८ जेष्ठ २०८०, बिहीबार ०८:२८


काठमाडौं । कोरोनाको समयमा सरकारले कोरोना विमा बापतको रकम दिन्छ भनेर धमाधम कोरोना विमा गरेका विमा कम्पनीहरु मारमा परेका छन् ।

बीमा कम्पनी र बीमा प्राधिकरणले सरकारबाट ल्याएर दिने भनेको कोरोना बीमाको रकम सरकारले नदिने भएपछि विमाकम्पनीहरु मारमा परेका हुन् ।

२०८०–०८१ को बजेटमा अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेट बक्तव्यमा कोरोना बीमाबारे कही कतै उल्लेख नभएपछि विमाकम्पनीहरु मारमा परेका हुन् ।

बजेटमै यो विषय नसमिटिएपछि सरकारले घुमाउरो पाराले उक्त रकम नदिने भन्न खोजिएको स्पष्ट हुन्छ ।



प्रतिक्रिया दिनुहोस !