५ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दिउसै एनएमबि बैंक लुटपाट

प्रकाशित मिति :  १६ जेष्ठ २०८०, मंगलवार १०:१०


काठमाडौं । महोत्तरीमा रहेको एनएमबि बैंकको शाखामा दिउसै लुटपाट भएको छ ।

महोत्तरी गाँउपालिकामा रहेको उक्त शाखामा चार जना हतियारधारी समूह भित्र छिरेर लुटपाट गरेका हुन् ।

हतियारधारी समूहले बैंक छिरि हतियार देखाएर बैंकमा कार्यरत कर्मचारी सुरक्षकर्मीलाई धम्काएर बैंक लुटेर भागेका हुन् ।

लुटेरा काे हुन्, लुटेराले के कति रकम लुट्यो, अन्य क्षति के गर्यो भन्ने कुरा अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ ।

बैंकमा अन्य के कति क्षति भयो भनेर एनएमबि बैंकको केन्द्रिय कार्यलमा सम्पर्क गर्दा कुरा नगरी फोन काट्ने, नउठाउने बैंकले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !