७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीबाट शुभकामना लिएर विशाल ‘म्यान अफ दि वल्र्डमा’ सहभागी हुदैँ

प्रकाशित मिति :  १५ जेष्ठ २०८०, सोमबार १०:२९


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट अग्रिम बधाई तथा शुभकामना लिएर विशाल कटुवाल म्यान अफ दि वल्र्डमा सहभागी हुने भएका छन् ।

विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका विशाल कटुवालले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

आगामी जुन १६मा फिलिपिन्सको मनिलामा हुने उक्त कार्यक्रमका लागि उनी जुन ५ मा फिलिपिन्स जाने कार्यक्रम रहेको छ ।
पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई आफ्नै निवास बालकोटमा वोलाएर नेपालको झण्डा सहित वधाई तथा सफलताको शुभकामना दिनुभएको छ ।

२८ वर्षिय विशाल पेशाले इन्जिनियर हुन् । इन्जिनियर विशाल कलाकारिता क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । चलचित्रमा समेत अभिनय गरिसकेका विशालका थुप्रै म्युजिक भिडियो र गीत समेत वजारमा छन् ।



प्रतिक्रिया दिनुहोस !