७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मापदण्ड पुरा नगरे बीमा कम्पनीले शाखा खोल्न पनि नपाउने

प्रकाशित मिति :  १५ जेष्ठ २०८०, सोमबार ०५:१९


काठमाडौं । अब नेपालका इन्सुरेन्स कम्पनिले मापदण्ड पुरा नगरे शाखा खोल्न समेत पाउँदैनन्, नेपाल बीमा प्रधिकरणका अध्यक्ष सुर्य प्रसादा सिलवालले अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको छ ।

उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीति ल्याएको उहाँले बताउनुभयो । मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न अध्यक्ष सिलवालले कार्यक्रममा बताउनुभयो ।

साथै बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमा थप सुविधा के दिन सकिन्छ खोज्न पनि उनले सल्लाह दिए । त्यस्तै, निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा अध्यक्ष सिलवालको जोड रहेको छ ।



प्रतिक्रिया दिनुहोस !