१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अचम्मकाे लापरवाही,वाग्मती सरकारकाे नीति तथा कार्यक्रम फाइल मात्रै

प्रकाशित मिति :  १४ जेष्ठ २०८०, आईतवार १३:०१


काठमाडौं । माओवादी नेतृत्वको वाग्मती प्रदेश सरकार कसरी चलेको छ भन्ने उदाहरण आइतबार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा देखिएको छ ।

सरकारको चरम लापरबाहीको नमुना त्यति बेला देखियो जाति बेला प्रदेश प्रमुखले वाचन गर्ने बेला प्रदेश सरकारको नीति तथा कार्यक्रम नै फाइलबाट बेपत्ता भयो । प्रदेश प्रमुखलाई अपमान गर्नका लागि नियोजित रूपमा खालि फाइल दिइएको थियो वा मुख्यमन्त्रीलाई लज्जाको पात्र बनाउनु कर्मचारीले नियोजित रूपमा त्यस्तो काम गरेका थिए, अथवा लापरबाहीको पराकाष्टको कारण त्यस्तो भयो ? छानबिनको विषय बन्न सक्छ ।

सभामुखको निर्देशन पछि प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री सालिकराम जमरकट्टेलले रातो कभर भएको नीति तथा कार्यक्रमको फाइल पेश गर्नुभयो । र्यापिङ गरिएको नीति तथा कार्यक्रमको फाइल जब खोलेर प्रदेश प्रमुखले सभामा देखाउनुभयो, फाइल भित्र नीति तथा कार्यक्रम थिएन । रित्तो फाइल थियो । प्रदेश प्रमुखले त्यही रित्तो फाइल प्रदेश सभामा देखाउनुभयो ।

प्रदेश प्रमुखले रित्तो फाइल देखाएपछि सभामुख भुवन पाठक समेत अलमलमा पर्नुभयो । प्रदेश सभा बैठकमा खासखुस सुरु भयो । त्यस पछि मुख्यमन्त्रीले आफूसँग भएको नीति तथा कार्यक्रमको प्रति प्रदेश प्रमुखलाई दिएपछि उहाँले वाचन गर्नुभयो ।

सरकारको महत्पूर्ण दस्ताबेज नीति तथा कार्यक्रम नै नराखी फाइल कसरी र्यापिङ भयो ? त्यस्तो संवेदनशील विषयमा समेत ध्यान नदिने सरकारले अरू कुरामा के ध्यान देला ? प्रदेश सरकार कसरी चलेको होला ? प्रश्न उब्जिएको छ ।



प्रतिक्रिया दिनुहोस !