१२ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले भूमिहीन सुकुम्बासी सम्बन्धमा स्पष्ट नीति राख्नुपर्छ- सररस्वती सुब्बा

प्रकाशित मिति :  १० जेष्ठ २०८०, बुधबार ०८:४१


काठमाडौं । नेकपा एमालेकी सांसद् सररस्वती सुब्बाले भूमिहीन सुकुम्बासीका सम्बन्धमा स्पष्ट नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् सुब्बाले सरकारको नीति तथा कार्यक्रममा भूमि आयोगलाई सक्रिय बनाइनेछ लेखिएको तर भूमिहीन सुकुम्बासी सम्बन्धमा के गर्ने भन्ने स्पष्ट नीति नराखिएको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो – ’नीति तथा कार्यक्रमको ५१ नम्बर बुँदा राष्ट्रिय भूमि आयोगको कामलाई तिब्रता दिइनेछ, यसको मतलब अहिले राष्ट्रिय भूमि आयोग मैदानमा फुटबल खेल्दैछ ? होइन भने भूमि आयोग बनेको र काम गर्न थालेको १५ महिना भयो, ७७ जिल्लामा जिल्ला समिति छ केन्द्रमा जम्बो टिम छ, तर नीति तथा कार्यक्रममा पुनः भूमि आयोगलाई सक्रिय बनाउने लेखिएको छ ।’

सांसद् सुब्बाले आगामी बजेटमा भूमिहीन सुकुम्बासीलाई कति जमिन दिने लगायत स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ’म सभामुखमार्फत सम्बन्धित विषयगत मन्त्रालयको ध्यानाकर्षण गर्न चाहान्छु भूमिहीन सुकुम्बासीलाई कति जमिन दिने, कतिको जग्गा नापजाँच गर्ने र कतिलाई भूमिसहितको न्याय दिने भन्ने कुराको स्पष्ट नीति चाहिन्छ त्यसकारण बजेटमा यसको व्यवस्था गर्न माग गर्छु ।’



प्रतिक्रिया दिनुहोस !