८ आश्विन २०८०, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ

प्रकाशित मिति :  १० जेष्ठ २०८०, बुधबार ०६:४९


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरु दुबैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गर्नुभएको थियो । उहाँहरूको नियुक्ति र सपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !