११ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेसको ढाकछोप गर्दै, एमालेकाे हुदैँ नभएको गल्ती देखाउदै कांग्रेसका केशव दुलाल

प्रकाशित मिति :  १० जेष्ठ २०८०, बुधबार ०६:१८


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख नाइके मध्येका एक केशव दुलाल अहिले हुदैँ नभएको तथ्य लिएर एमाले सँग जोडिएकाहरुलाई बदनाम गराउन सक्रिय रहेका छन् ।

प्रहरीको हिरासतमा भएपनि उनले विभिन्न मानिस लगाएर यो अभियानलाई तिव्र पारिरहेका छन् ।

नेपाली कांग्रेस सरकारमा जादा आफू सधै शक्तिशाली बताउने दुलालले धेरैको रकम समेत हिनामिना गरेको उनमा आरोप छ ।

आफूलाई विज्ञका संज्ञा दिने दुलालले धेरै मानिसलाई प्रलोभनमा पारेर करोडौं रकम हिनामिना गरेको उनलाई आरोप छ ।
दुलाल कांग्रेका नेत्री सुजाता कोइरालाका विश्वासपात्र हुन् । उनै सुजाता कोइराला उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयको कमाण्डर थिए दुलाल ।

विभिन्न समयमा कांग्रेका भात्री संगठन नेपाल विद्यार्थी संघको विभिन्न कमिटीमा रहेर काम गरेका दुलाल एक पटक नेवी संघको केन्द्रिय सदस्य समेत भएका थिए ।

कोइराला परिवार सँग नजिक भएकै कारण उनले गत कांग्रेसको महाधिबेसनमा मोरङ क्षेत्र नंवर ३ मा सभापतिको उम्मेदवार समेत बनेका थिए । तर जित्न भने सकेनन् ।
टन्न पैसा भएका दुलालले शरणर्थी प्रकरणमा आफू जोगिनको लागि एमाले सँग जोडिएकाहरुको बदनाम गराउदै हिडेका छन् ।

प्रहरीका एक उच्च पदका अधिकारीले पनि उहाँको कुरा पत्याउदै प्रहरी सँग भएका विभिन्न भिडियो छानी छानी सञ्चार माध्यमलाई पठाउन थालेको पाइएको छ ।
संचार माध्यमले के हो तथ्य नबुझी लेख्दा निर्दोष नफसुन दोषी नछुटुन भन्ने कुरा ओझेलमा परेको छ ।



प्रतिक्रिया दिनुहोस !