१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्जीवन बीमा कम्पनीले कुल खर्चको २५ प्रतिशत रकम बिज्ञापनका लागि खर्च गर्नुपर्ने

प्रकाशित मिति :  ३ जेष्ठ २०८०, बुधबार १२:३५


काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बजार प्रवर्द्धनका लागि गर्ने कुल खर्चको २५ प्रतिशत रकम बिज्ञापनका लागि खर्च गर्नुपर्ने भएको छ । प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशन संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले देहायका निर्देशन जारी गरेको जनाएको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमाशुल्कको बढीमा एक दशमलव पाँच (१.५) प्रतिशत सम्म खर्च गर्न सक्ने व्यवस्था नयाँ प्रावधानमा रहेको छ ।

त्यस्तै, (२) उपदफा (१) बमोजिम बीमकले गरेको कुल खर्चको कम्तीमा पच्चीस प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्नुपर्नेछ ।निवार्य प्राधिकरणले गरेको छ।



प्रतिक्रिया दिनुहोस !