१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रहरीको लाचारीपनः खाँडले कसरी चपाए कागज ?

प्रकाशित मिति :  ३० बैशाख २०८०, शनिबार ०८:३४


काठमाडौं । नेपाल प्रहरी अनुसन्धमा अब्बल मानिन्छ । कतिपय ठूला ठुला घटना पनि प्रहरीले सफल अनुसन्धन गरेको पाईएको छ । यो सुन्दा जो कोहीलाई पनि लाग्न सक्छ नेपाल प्रहरीले सबैलाई न्याय दिन्छ ।
नेपाल प्रहरी कोही सँग पनि झुक्दैन, डराउँदैन, विराउदैन, सबैलाई समान दृष्टीले हेर्छ ।

तर के नेपाल प्रहरीले सबैलाई समान दृष्टीले हेर्छत ? के नेपाल प्रहरी कोही सँग पनि झुक्दैन, डराउदैन केही विराउदैनत ? प्रश्न यहा खडा हुन्छ ।

कुरा सुरु गरौ अहिलेको चर्चित प्रकरण भुटानी शरणर्थीबाट ।

अहिले नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाएर अमेरिका लगेको आरोपमा लहरो तान्दा पहरो झरेझै भएको छ । कसैले कल्पना पनि नगरेको राजनितिक उच्च अहोदाका राजनितिज्ञहरु धमाधम पक्राउ परेपछि सबैले नेपाल प्रहरीलाई सम्मान प्रकट गरेका छन् ।

प्रहरीले धमाधम अनुसन्धको फाईल खोलेर नेपाली जनतालाई केही आश त देखायो तर नेपाल प्रहरीमाथि नै प्रश्न चिन्ह खडा हुने गरि देखाएको छ ।

कसरी ?

शरणर्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्रियो । तर खाँडले प्रहरी कै हातबाट अनुसन्धानमा सहयोग पुग्ने महत्वपूर्ण कागजात चपाएर निल्नुभयो । एउटा व्यक्तिलाई कागज चपाएर निल्न कति समय लाग्छ । पक्राउ परिसकेको व्यक्तिले प्रहरी कै हातबाट कागज चपाएर निलुन्जेल प्रहरी के हेरेर बस्यो ? प्रहरीमाथि यो प्रश्न पनि खडा हुन्छ ।

त्यसोत जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छन् । अहिलेको सरकार गठबन्धनको सरकार हो । जसमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मुख्य गरि सरकार छ । यस्तो सरकार भएको नेपाली काँग्रेसका प्रभावशाली नेता खाँडले कागज चपाएर निल्नु र प्रहरीले हेरेर बस्नुले प्रहरी पनि प्रलोभनमा विकेर राजनीतिमा विकेको भनेर सहजै जो कोहिले पनि शंका गर्ने बाटो गराएको छ ।

कागज कत्रो थियो भनेर पनि प्रहरी अनविज्ञ छन् । ठूलै ओहोदाको मान्छे भएकाले पनि त्यो कागज पक्कै पनि एक पन्नाको हुदैन भनेर आशंका गर्न सकिन्छ । करोडौंको हिसाव पक्कै पनि एक पन्नाको हुदैँन । पक्राउ परिसकेको व्यक्तिले कागज चपाएर निलुनजेल प्रहरी मुकदर्शक बनेर बस्नु पक्कै पनि प्रहरीले आफ्नो गरिमा आँच आउँने काम गरेको छ ।

अहिले प्रहरी प्रमुखमा बसन्त कुँवर हुनुहुन्छ भने गृहमन्त्रीमा नारायण काजि श्रेष्ठ हुनुहुन्छ । तर यो कागज निलेको कुरामा उहाँहरुले केही बोल्नुभएको छैन । लेख्नुभएको छैन । किन बोल्नुहुदैन त गृहमन्त्री र प्रहरी प्रमुख ।
उता जनतामा यो प्रकरण नारायण काजिको हिम्मतले गर्दा मात्र सम्भब भएको भनेर भनिएको छ । सरकारमा सामेल भएको पार्टीको नेताले यति सम्म गर्दा पनि प्रहरी हेरेर बसेकोमा केही आवाज उठाउनु पर्नेमा केही नउठाउनुमा यो घटनालाई पनि कतै राजनीतिक अखडा बनाउन खोजिएको त होइन ? भन्ने अर्को प्रश्न पनि खडा हुन्छ ।

अर्का प्रभावशाली नेता टोपबहादुर रायमाझी भने फरार रहेको प्रहरीले बताउँदै आइरहेको छ । सामान्य मानिस भएको भए अहिलेको अत्याधुनिक प्रविधिको प्रयोग गरेर तुरुन्त समात्थ्यो तर ठूलै मान्छे भएकाले पनि उहाँको केही खोज खबर नभएको भनि प्रहरीमाथि आशंका गर्ने ठाँउ रहेको छ ।

उसो त निर्मला पन्तको घटना पनि अहिले सामसुम जस्तै भइसकेको छ । राजनीति नजोडिएका अधिकांश ठूला वा साना घटनालाई अन्जाम दिन सफल नेपाल प्रहरी राजनीति घटना जोडिएको विषयमा किन चुकिरहेको छ ?



प्रतिक्रिया दिनुहोस !