७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपराष्ट्रपतिद्वारा चाल्र्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

प्रकाशित मिति :  २० बैशाख २०८०, बुधबार १२:३०


काठमाडाैं ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।

सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चाल्र्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गर्नुभएको थियो । उहाँले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्टै समाधान निस्कनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राजदूत पोलिटले गोर्खा सैनिकले पु¥याएको योगदानका लागि आभार प्रकट गर्नुभएको थियो । उहाँले भूपू गोर्खा सैनिकको मागको विषयमा भएका वार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको बताउनुभएको थियो ।
–रासस



प्रतिक्रिया दिनुहोस !