७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ताेलामा १,२०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

प्रकाशित मिति :  ९ चैत्र २०७९, बिहीबार ०६:४३


 काठमाडाैं ।  सुन तोलामा नै १,२०० रुपैयाँले बढेको छ । चाँदीको भाउ पनि यस दिन तोलामा २५ रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ५०० रुपैयाँ पुगेको छ ।

बुधबार भने सुनको भाउमा भारी गिरावट देखिएको थियो । हिजो सुन तोलामा नै २ हजार रुपैयाँले घट्दा प्रतितोला एक लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि महंगिएको छ । यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन भने चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको थियो । बुधबार चाँदी प्रतितोला एक हजार ३३५ रुपैयाँ कायम भएको थियो



प्रतिक्रिया दिनुहोस !