१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुई हजारले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  ८ चैत्र २०७९, बुधबार ०८:४५


काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज  एक लाख सात हजार आठ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख नौ हजार तीन सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर  एक हजार तीन सय ३५ रुपैयाँ मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !