१६ चैत्र २०८०, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नबिल बैंक कारबाहीमा

प्रकाशित मिति :  ८ चैत्र २०७९, बुधबार ०८:०९


काठमाडौं । कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) तोडेपछि राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको छ ।

नबिल बैंकले राष्ट्र बैंकको नियम विपरित गएको भन्दै े नबिललाई साढे ६ करोड रुपैयाँ जरिवाना गरेको हो ।

केन्द्रीय बैंकले सिडी रेसियो ९० प्रतिशत तोकेको छ । त्योभन्दा बढी भएपछि राष्ट्र बैंकले कारबाही गर्छ। नेपाल बंगलादेश (एनबी) बैंकलाई मर्ज गरेकाले सिडी रेसियोमा छुट पाउनुपर्ने नबिलको अपिललाई केन्द्रीय बैंकले अस्वीकार गरेर उक्त रकम जरिवाना लगाएको हो।

एनबीलाई मर्ज गरेर एकीकृत बैंकिङ कारोबार गर्नुअघि नै सिडी रेसियो नपुगेपछि नबिललाई जरिवाना गरेको जनाएको छ। एकीकृत बैंकिङ कारोबार गर्नुअघि सीडी रेसियो नपुगेपछि नबिललाई जरिवाना गरिएको बताए । नबिल र एनबीबीले असार ११ गते एकीकृत कारोबार गरेका थिए । त्यसपछि बैंकको सीडी अनुपात ८९.७९ प्रतिशत थियो ।



प्रतिक्रिया दिनुहोस !