७ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

क्यानडा जाने हो ? आज ‘बिग ब्यांग’काे सेमिनारमा सहभागि हुनुहाेस्

प्रकाशित मिति :  ६ चैत्र २०७९, सोमबार १०:४७


काठमाडाैं । काठमाडाैंकाे बानेश्वर स्थित ‘बिग ब्यांग एजुकेशनल कन्सल्टेन्सी’ (BIG BANG Immigration Consulting) ले क्यानडा जान इच्छुक व्यक्ति तथा विद्यार्थीहरुकाे लागि परामर्श दिने उद्देश्यका साथ मंगलबार (आज) एक सेमिनार कार्यक्रम गर्ने भएकाे छ ।

कन्सल्टेन्सीले बानेश्वरका रहेकाे इन्द्रेणी कम्प्लेक्समा साे (Canada Education Information Seminer) कार्यक्रम गर्दैछ । कन्सल्टेन्सीका क्यानेडियन अध्यागमन परामर्शकर्ता (Licensed Canadian immigration Consultant) शसिप्रसाद तिमिल्सिनाका अनुसार कार्यक्रममा विद्यार्थी भएर क्यानाडा जानका लागि अत्यावश्यक सुचनाकाे बारेमा जानकारी दिइने छ ।

‘क्यानाडा जाने क्रममा विद्यार्थी वा व्यक्तिहरुले ध्यान दिनुपर्ने कुराहरु, पुरा गर्नु पर्ने कागजपत्रहरु, कन्सल्टेन्सी छनाेट गर्ने तरिका र स्क्यामबाट बच्ने उपायका बारेमा सबैमा हामी जानकारी दिनेछाैं’ उहाँले  भन्नुभयाे-‘त्यति मात्र हाेइन, क्यानाडा गएपछि कस्ताे अवस्थामा कन्सल्टेसीहरुले सहयाेग गर्छन् ?, क्यानाडामा के गर्दा, के-कस्ता कुरा र समस्याकाे सामना गर्नु पर्ने हुनसक्छ ?, त्यसकाे समाधानका उपाय के ? यस्ता यावत कुराकाे जानकारीकाे लागि यस कार्यक्रम मार्फत हामी दिन चाहान्छाैं ।’

‘युवा पुस्ताले अध्ययन र राेजगारीका लागि क्यानाडा प्रति देखाएकाे चासाे बढ्दाे छ । यस अवस्थामा धेरै विद्यार्थी अनाधिकृत परामर्शकर्ताकाे कब्जामा पर्ने जस्ता समस्याहरु पनि धेरै देखिएका छन‍् । यस कार्यक्रमले यस्ता समयस्याकाे समाधान हुने विश्वास समेत हामीले लिएका छाैं’ उहाँले भन्नुभयाे ।

आजकाे कार्यक्रममा धेरै व्यक्ति तथा विद्यार्थीले सहभागिता जनाउने र इच्छुकलाई आउन आव्हान गर्दै नेपालबाट अध्यान वा राेजगारीका लागि क्यानडा जाने नेपालीले बुझ्नै पर्ने कुराहरुकाे जानकारी कार्यक्रम मार्फत दिइने उहाँले जानकारी दिनुभयाे ।

कार्यक्रम मंगलबार (आज) दिनकाे १२ बजे देखि ३ बजे सम्म बानेश्वर  स्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !