१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘विद्यार्थीकाे हकहित सुनिश्चिताका लागि स्ववियु चलायमान हुनुपर्छ’

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार १६:३५


काठमाडौं । एकाएक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले विद्यार्थी राजनीति माहोल तातेकाे छ ।

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनका प्रतिस्पर्धी खडा भइसकेका छन् ।

यसैक्रममा उपत्यकामा त्रिविअन्तर्गतका करिब तीन दर्जन क्याम्पसमा उम्मेदवारी मनोनयन भइसकेको छ । केहीमा भने विवाद कायमै रहेको छ ।

देशकै ठूलो मानवीकि र समाजशास्त्र अध्ययन हुने आर .आर .क्याम्पसमा पनि चुनावी सर्गमी बढेकाे छ । विवादित रहे पनि केहि संगठनले मनोनयन दर्तादेखि प्रचार अभियानमा लागिसकेका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआरलाई चुनावले छ्याप्पै छाेपेकाे छ । मनाेनयन दर्ता गराइसकेकाे यस संगठनका उम्मेदवारलाई अहिले मत माग्न भ्याइनभ्याइ छ ।

अनेरास्ववियुले मदन भण्डारीकाे नेतृत्वमा दिलिप खड्कालाई सचिवकाे उम्मेदवार बनाउँदै जन्मराज न्यौपाने कोषध्यक्षसहित ११ पुरा प्यानल अहिले क्याम्पसमा भाेट माग्न एकदमै व्यस्त देखिन्छन् ।

वर्षाैं देखि विद्यार्थी हकहितका लागि सडककाे आन्दाेलन देखि वैचारीक विद्यार्थी आन्दाेलन सम्म आफूलाई आरआरमा चिरपरिचित बनाएका व्यक्ति प्रकाश जैशी हाल एमाले निकट अनेरास्ववियुबाट आरआर क्याम्पसकाे स्ववियु सदस्यका उम्मेदवार हुनुहुन्छ ।

जैशी विद्यार्थीका समस्या बुझ्न र विद्यार्थीका समस्या समाधानका लागि अहाेरात्र क्याम्पसमै रहेकाे र विद्यार्थी माझ नै रहेर सुक्ष्म देखि सुक्ष्म विद्यार्थीका समस्यालाई नियालेकाे र स्ववियु सदस्य जितेसँगै ती समस्या समाधानकाे पहल गर्ने बताउनु हुन्छ ।

काे हुन् प्रकाश ?

कैलाली जिल्लामा जन्मिएका प्रकाश जैशी बच्चा देखी राजनीतिमा सक्रिय रुपमा रुचि राख्ने गर्दथे ।

समाजमा चलिआएको रितिरिवाज र गलत प्रवृतिकाे बिरुद्ध अधैं अग्रपक्तिमा रहेर विराेध जनाउने आँट गर्ने जैशी  विविध समस्याकाे निर्मुलीकरण साँक्षी पनि छन् ।

समाज कस्तो हुने र समाजलाई कस्तो हुनुपर्छ ? समाजको स्वरुप बदल्न अबका युवा जनशक्तिले कस्तो भुमिका खेल्न सकिन्छ ? भन्ने तर्फ आफूलाई केन्द्रित गरेका जैशीले समाजकाे विक्रिति र विसंगतिलाई देखि सहदैनन् ।

कैलालीमा एसएलसी सकेर उच्च शिक्षा हासिलका लागि काठमाडाैं आएका जैशीलाई राजनीतिमा चासाे भए पनि पढाईमा भने विज्ञान प्रति रुचि थियाे । विज्ञानबाट उच्चशिक्षा हाँसिल गरेर इन्जिनियर बन्ने चाहाना बाेकेका जैशीकाे चाहाना काठमाडाैं आउँदा नआउँदै सेलाएर गयाे ।

त्यस पछि आर.आर क्याम्पस पसेका प्रकाशले राजनीतिमा हात हाले । गाउँमा हुँदै राजनीतिमा चासाे र राजनीतिमा संलग्न भए पनि राजधानीकाे क्याम्पसमा आएर आफूलाई स्थापित गर्न जैशीलाई निकै चुनाैतिकाे विषय थियाे ।

आरआरमा पसेपछि एमाले निकट अनेरास्ववियुमा आबद्ध भएका जैशी अनेरास्ववियुले विद्यार्थीका निम्ति लडेका विभिन्न आन्दोलनमा सरिक भएका छन् ।

विद्यार्थी राजनीति र विद्यार्थी आन्दाेलनका विषयमा अरु भन्दा फरक विचार राख्ने तथा विद्यार्थी आन्दाेलनलाई अब नयाँ स्वरुपका साथ अगाडि बढाउनु पर्छ भन्ने जैशीकाे भनाइ छ ।

उनि अब ढुंगामुढाकाे भन्दा पनि वैचारीक आन्दाेलन लड्नु पर्ने, अराजकतासँग कानुनी आन्दाेलन लड्नुपर्ने भनाइ राख्दै आएका छन् ।

बिद्यार्थी आन्दोलनको स्पष्ट खाका र भिजन बनाउनु पर्ने र विद्यार्थी आन्दाेलनलाई नयाँ आयाम दिनका लागि  सक्नु पर्ने र नेताको स्वभाव, बोली , परिचयात्मक शैली, शैक्षिक मुद्दाको बारेमा स्पष्ट खाका हुनु पर्ने उनकाे मुल भनाइ हाे ।

बिद्यार्थीको आवाजलाई आफ्नो आवाज बनाएर मैदान हिड्ने अहिले पनि मैदानमै हुन्छन् । केहि पहिले विद्यार्थीका समस्या सुन्न हिड्ने प्रकाश अहिले समस्या सुन्न समाधान गर्न र मत माग्न व्यस्त छन् ।

यस्ता छन् प्रकाशका एजेण्डा:

  • शैक्षिक संस्था भित्रको शैक्षिक फ्याकेल्टीलाई प्रबिधि संग जोड्ने
  • टेक्नोलोजी मार्फत प्रशिक्षण कार्यक्रमको शैलीमा परिवर्तन गर्ने
  • शैक्षिक पठनपाठनलाई प्रविधिसँग जोड्न, सम्पुर्ण कक्षाकोठामा प्रोजेक्ट जडान गरि प्रविधिमैत्रि शिक्षा प्रणाली लागु गर्ने
  • प्रशासनलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रक्रियामा लैजाने
  • प्रशासनिक काम कारबाही चुस्त र दुरुस्त बनाउने
  • स्वास्थ बिमा अन्तर्गत बिद्यार्थीले पाउने स्वास्थ सहजतालाई प्रशासनबाट सहज बनाउने
  • अपाङ्ग मैत्री शैक्षिक प्रणाली अवलम्बन गरेर शैक्षिक संस्थालाई अगाडि बढाउने जस्ता मूल एजेण्डाका साथ प्रकाश अहिले विद्यार्थी माझ रहेका छन् ।                                                                                                                               आफूले जिते वा आफ्नाे प्यानलले जिते यी कुराहरु कार्यान्वयनका लागि पहल गर्ने उनकाे भनाइ छ ।

‘आरआरमा अनेरास्ववियुसँग जुध्न सक्ने कुनै शक्ति छैन । हामी जित्नेमा ढुक्क छाैं’ जैशी भन्नुहुन्छ-‘जित हार लाेकतन्त्रकाे प्रणाली हाे । तर लाेकतन्त्रलाई नै नकार्दै हारकाे डरले चुनावमै भाग नलिनु र दैनीक गर्ने विराेधले विद्यार्थी राजनीति बनाउने हाेइन । अझ नकारात्मक प्रभाव पार्ने गर्छ ।’

विद्यार्थीकाे हकहित सुनिश्चित गर्न क्याम्पसमा चलायमान स्ववियु संस्थाकाे आवश्यकता हुने बताउँदै स्ववियु चलायमान बनाउन चुनाव हुनु पर्ने र नेतृत्व परिवर्तनशील हुनु पर्ने प्रकाश बताउनु हुन्छ ।



प्रतिक्रिया दिनुहोस !