१३ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लिटरमै १६ रुपैयाँसम्म बढ्यो दूधको मूल्य

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार ०९:०२


काठमाडाैं । विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएर प्रतिलिटर १३० रुपैयाँ पुर्याएको छ ।

स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ ।

त्यस्तै संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर प्रतिलिटर ११६ रुपैयाँ पुर्याएको छ । चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !