२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीआरआईमा सहभागी देशहरूको लागि भनेर चीनले उच्चस्तरीय सम्मेलन गर्ने 

प्रकाशित मिति :  २० भाद्र २०८१, बिहीबार १७:०३


बेइजिङ । चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।

 उक्त सम्मेलनले ’बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) साझेदार देशका लगभग ७० आईपी संस्थाहरूका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाका प्रमुखहरूलाई उक्त सम्मेलनमा निमन्त्रणा गर्ने भएको छ ।

सहभागी देशहरुले क्षेत्रीय सहयोग, हरित विकास, डिजिटल रूपान्तरण र आईपी मूल्य अभिवृद्धिमा गहन छलफल गर्नेछन भनिएको छ ।

चीनले आईपी नीति, कर्मचारी तालिम, शिक्षा लगायत विभिन्न क्षेत्रमा बीआरआई साझेदार देशहरूसँग विचार आदान–प्रदान र सहयोगलाई सक्रिय रूपमा बढाइरहेको छ ।

बीआरआई साझेदार देशहरूको आईपी क्षमता निर्माणमा सहयोग गर्दै तालिम सञ्चालन गर्न चिनियाँ विशेषज्ञहरूलाई १० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूमा पठाइएको छ ।

बीआरआईमा नेपालले हस्ताक्षर गरेको छ भने नेपालमा बीआरआई कार्यान्वयन हुनु सकेको छैन ।


339
Shares

प्रतिक्रिया दिनुहोस !