२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलंक : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २० भाद्र २०८१, बिहीबार १४:०८


प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलंक र जघन्य अपराध भएकाे बताउनुभएकाे छ ।

मानव बेचबिखनविरुद्धको १८औं राष्ट्रिय दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको उल्लेख गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ -‘नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिला बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी पनि मानव बेचबिखनका द‍ृष्टिले बढी जोखिममा छन् ।’

प्रधानमन्त्री ओलीले मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभएकाे छ । बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभएकाे छ ।

मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्ने नीति लिएको पनि उहाँले उल्लेख गर्नुभएकाे छ । गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद् र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारण भइरहेका यस किसिमका आपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध रहेकाे प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनको कडाइसाथ सरकारले कार्यान्वयन गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !