प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगे
काठमाडौं । भारतकै प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगेका छन् ।
अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा प्रवचन सुनाउन का लागि गुरु कालिदास बाबा नेपाल आएका हुन् ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पशुपति कोटीहोम सामेल हुन पाउँदा निकै खुसी लागेको बताउनुभयाे । उहाँले नेपालमा पाँच दिनसम्म रहने पनि जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे,‘मलाई यहाँ आउँदा एकदमै खुःसी लागेको छ । म यहाँ ४–५ दिन रहने छु ।’उनलाई सञ्चारकर्मीहरुले हिन्दीमा नै प्रश्न गरेका थिए, तर उहाँले जवाफ दिँदै भने,‘म नेपाली हुँ । म नेपालीमा नै बोल्छु ।’
उहाँलाई श्री १००८ बाबा कालिदास कृष्णानंदन परमहंस जी महाराज धार्मिक नामले बोलाउने गरिन्छ । उनी नेपाली मुलका भारतीय हिन्दु धर्मगुरु हुन् ।