२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवाहरुलाई स्वेदशमै राख्न नसक्नु दुर्भाग्यपूर्ण : नेता कोइराला

प्रकाशित मिति :  २८ श्रावण २०८१, सोमबार १९:२५


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले युवाहरुलाई स्वेदशमै राख्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएकाे छ ।

सोमबार काठमाडौंमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपालमा नै युवाहरुको विवेकलाई प्रयोग गरेर उनीहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘युवाहरुलाई म के भन्न चाहन्छु भने विवेक प्रयोग गर । मान्छेको विवेक हुन्छ, अनि न उस्ले सजिलोसँग निर्णय गर्न सक्छ । विवेकहिन भयो भने त पशुसरह हो नि । आजभोली युवाहरु धेरैजस्तो पढ्छन् र विदेश जान्छन् । हामीले नेपालमा नै उनीहरुलाई किन राख्न नसकेको ? सत्र लाख हेक्टर जमिन खेति योग्य छ । त्यसले तीन करोड होइन तीस करोड जनतालाई खुवाउन सक्छ । तर आज हामी आज बाहिरबाट पनि ल्याउछौं । यहाँ उब्जाउदैनौं । खेत बाँझो छ ।’

उहाँले राष्ट्रको भविष्य नै युवाहरुको हातमा रहेको भन्दै युवाहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘राष्ट्रको भविष्य नै युवाहरुको हातमा छ । युवाहरुलाई कसरी प्रयोग गर्ने सोच्नुपर्छ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा ५० वर्षभन्दा तलको उमेरको एक जनापनि सदस्य छैन् । हामीले कसरी आकर्षित गर्ने ल्याउनुपर्छ नि भविष्य उनीहरुको हातमा छ । हामी त बुढो भइसक्यौं । त्यसैले युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’


339
Shares

प्रतिक्रिया दिनुहोस !