२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बंगलादेशको अन्तरिम सरकारले आज सपथ लिदै

प्रकाशित मिति :  २४ श्रावण २०८१, बिहीबार १०:४१


काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने कार्यक्रम रहेको छ ।
सेना प्रमुख वाकर–उज–जमानका अनुसार नोवेल शान्ति पुरस्कार विजेता डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने छन् ।

गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै लयमा आउने देखिएको छ ।

आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाहबुद्दीनले संसद भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।
यसैबीच, अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका युनुसले देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन समेत आह्वान गर्नुभएको छ ।

बंगलादेसमा अन्तरिम सरकारमा १५ सदस्य हुने छन् ।


565
Shares

प्रतिक्रिया दिनुहोस !