१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  २७ असार २०८१, बिहीबार ११:१४


काठमाडौं । आज(विहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !