१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै २३ वर्षपछि कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

प्रकाशित मिति :  २७ असार २०८१, बिहीबार ०९:१२


काठमाडौं । उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ ।

खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो ।

दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा क्यानडलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !