८ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

प्रकाशित मिति :  २६ असार २०८१, बुधबार १६:५४


दमौली (तनहुँ) । पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो ।
ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो ।  म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ ।
–रासस


565
Shares

प्रतिक्रिया दिनुहोस !