१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति :  २५ असार २०८१, मंगलवार ०९:३६


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, मंगलबार बेलायती पाउण्डको खरिदले १७० रुपियाँ ९६ पैसा पुग्दा र बिक्री दर १७१ दशमलव ७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर घट्दा बिक्रीदर भने सामान्य बढेको छ । खरिद दर स्थिर रहेको कतारी रियलको बिक्रीदर बढेको छ । आजका लागि यूरोको विनिमयदर घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ शून्य पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७३ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !