२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

घट्यो सुनको मूल्य

प्रकाशित मिति :  २४ असार २०८१, सोमबार ११:३४


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले घटेको हो ।

आइतबार १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !