६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  २३ असार २०८१, आईतवार ११:०४


काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ८ सय ९० रूपैयाँ निर्धारण भएको छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !