७ श्रावण २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोपा अमेरिका : भेनेजुएलालाई हराउँदै क्यानडा सेमिफाइनलमा

प्रकाशित मिति :  २२ असार २०८१, शनिबार १३:२५


काठमाडौं । क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार विहान भएको खेलमा भेनेजुएलालाई सडनडेथमा ४–३ गोल अन्तरले पराजित गर्दै क्यानडाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समय १–१ गोलको बराबरी भए पछि खेलको नतिजा सडनडेथमा निकालिएको हो । जसमा क्यानडाका ६ मध्ये चार खेलाडीले गोल गर्दा भेनेजुएलाका ३ खेलाडीले मात्रै गोल गर्न सकेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलमार्फत अग्रता लिएको थियो ।

भेनेजुएलाले ६५ औं मिनेटमा सालोमन रोन्डोनले गोल गरेपछि खेल बराबरीमा आएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउट हुँदै सडन डेथबाट खेलको नतिजा क्यानडाको पक्षमा पुग्यो ।

पेनाल्टी सुटआउटमा दुवै टिमले ३–३ गोल गरेका थिए । त्यसपछि सडनडेथमा पुगेको थियो ।

सडनडेथमा भेनेजुएलाका लागि छैटौं पेनाल्टी विल्कर एन्जेलले गर्न असफल भएका थिए । तर इस्माएल कोनेल क्यानाडाका तर्फबाट गोल गर्दै अन्ततः क्यानडालाई ४–३ ले जीत दिलाए ।

सेमिफाइनलमा क्यानडाले अर्जेन्टिनाको सामाना गर्ने छ । यी दुई टिम समूह चरणमा पनि भिडेका थिए । समूह चरणमा अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !