१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीको पीएसओ थापाको निधन

प्रकाशित मिति :  २२ असार २०८१, शनिबार १२:४८


काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको पीएसओको निधन भएको छ ।

सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।

थापा शुक्रबार ड्युटी सकेर घर फर्किएका थिए । खाना खाएर सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका हुन् । उपचारका लागि थापालाई भक्तपुर अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेको थियो ।
अहिले थापाको शवको पोस्ट्मार्टम गर्न लागिएको छ

 

 


565
Shares

प्रतिक्रिया दिनुहोस !