६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टियो : मृतकको संख्या १०५ पुग्यो

प्रकाशित मिति :  २२ असार २०८१, शनिबार ०८:५४


काठमाडौं । पश्चिम अफ्रिकी देश मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिँदा ज्यान गुमाउनेको संख्या एक सय ५ पुगेको छ ।

राहत तथा उद्धारका क्रममा ८९ शव मात्रै फेला परेका छन् । दक्षिणपश्चिमी सहर एनडियागोको माछा मार्ने संघका अध्यक्ष याली फलले सोमबारदेखि स्थानीयहरूले किनारबाट निकालिएका शवहरू गाडिरहेको जानकारी दिनुभयाे ।

आप्रवासी अधिकार समूह वाकिङ् बोर्डर्सले सन् २०२४ को पहिलो पाँच महिनामा क्यानरी टापु पुग्ने प्रयास गर्दा समुद्रमा अहिलेसम्म ५ हजार बढीको मृत्यु भइसकेको छ ।

पश्चिमी अफ्रिकी देशको सरकारी समाचार एजेन्सी र माछा मार्ने संघका प्रमुखले शुक्रबार डुङ्गा पल्टिएको एक हप्ता भएको बताउनुभयाे ।

कोस्ट गार्डले १७० जनासहित युरोप जान लागेका ८९ आप्रवासीको शव फेला पारेको छ । पाँच वर्षीया बालिकासहित नौ जनाको उद्धार गरिएको छ ।

पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुसम्मको एट्लान्टिक प्रवासी मार्ग विश्वको सबैभन्दा घातक मार्गहरूमध्ये एक हो ।

यो मार्ग प्रायः अफ्रिकी आप्रवासीहरूले स्पेन पुग्न प्रयोग गर्छन् ।


226
Shares

प्रतिक्रिया दिनुहोस !