४ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काँग्रेस–एमाले गठबन्धन प्रतिगामी, प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने भए राजिनामा उचित

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १८:२५


काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले काँग्रेस–एमालेले भ्रष्टाचारका फाईलको डरसँगै परिवर्तन् उल्ट्याउने योजनासहित गठबन्धन गरेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार मुद्धाबाट आत्तिएका काँग्रेस–एमालेले सरकारको स्थिरताको नाममा क्रान्ति र परिवर्तनका उपलब्धी उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

उहाँले भन्रुभयाे, ‘एमालेले सहकारी र एन्जीओ मार्फत लुट मचाएका नेता–कार्यकर्ता जोगाउन र काँग्रसका हाईप्रोफाईलका मान्छे खोरमा जाने डरले यो अवस्ता निम्ताएको हो ।’

बिंडारीले मन्त्रालयको संख्या घटाउनु पर्ने, समानुपातिक प्रणालीलाई नहटाई प्रतिनिधि सभा सदस्यको संख्या एक सयमा झार्नु पर्ने, न्यायपालिकालाई एकात्मकबाट संघात्माक प्रणालीमा लग्नु आवश्यक रहेको भन्दै त्यो संविधान संशोधनबाट सम्भव रहेको बताउनुभयाे।

प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने तथा जनताको लागि महत्वपूर्ण काम गर्न नसक्ने अवस्थामा ३० दिन नकुरी राजीनामा दिनु उचित हुने पनि बिंडारीको सुझाव छ ।


565
Shares

प्रतिक्रिया दिनुहोस !