१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १५:४२


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
–रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !