१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १३:१३


जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा ३४ करोड ५५ लाख ७५ हजार विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ ।

समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । उहाँले भन्नुभयो– उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा ११ लाख मात्र उठेको छ । आर्थिक वर्ष २०८१/८२ मा पालिकाले १८ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट पाँच करोड एक लाख ४४ हजार बेरुजु देखिएको छ ।

 

 

–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !