६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १३:१०


बनियानी (झापा) । अर्जुनधारा नगरपालिकास्थित नगर अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गरेको छ । सभामुख देवराज घिमिरेले उक्त सेवाको उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा जानकारी लिनुभएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले शल्यक्रिया सेवा सञ्चालनका लागि सङ्घीय सरकारबाट अत्याधुनिक उपकरण प्राप्त भएको बताउनुभयो ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले रु १८ करोड लागतमा अस्पतालको नयाँ भवन निर्माण भइरहेको जानकारी दिनुभयो
–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !