१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं र झापाबाट दुई जना पक्राउ

प्रकाशित मिति :  २० असार २०८१, बिहीबार १२:५६


xr:d:DAFQ4UFI_nI:648,j:1685853436,t:23032813

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरपालिका–१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका–१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका–१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाके बाह्रदशी गाउँपालिका–१ बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मिँयाले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !