१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

प्रकाशित मिति :  १९ असार २०८१, बुधबार २१:२०


काठमाडौं । एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाउनुभएको छ ।

उहाँहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री समक्ष बुधबार राजीनामा बुझाउनुभएको हो । राजीनामा पत्र बुझाउने बित्तिकै उहाँहरू प्रधानमन्त्री निवास बाहिर निस्कनु भएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेस बिच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएका हुन् । एमाले सरकाबाट बाहिरिएर सरकारलाई दिएकाे समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न कांग्रेस एमालेले आग्रह गरिसकेका छन् । नेकपा एमालले प्रधानमन्त्रीलाई आज साँझसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्रीले राजीनामा दिनुभएको छैन ।


339
Shares

प्रतिक्रिया दिनुहोस !