२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतकाे उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको ज्यान गयाे

प्रकाशित मिति :  १८ असार २०८१, मंगलवार १८:२५


लखनाउ ।  उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको ज्यान गएकाे छ ।
घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिनुभएको छ ।
उहाँले घाइतेलाई तत्काल अस्पताल पु¥याउन र उचित उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार कार्यलाई तीव्रता दिनसमेत उहाँले निर्देशन दिनुभयो ।
–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !