२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पोखरीमा डुबेर दुई बालकको गयाे ज्यान

प्रकाशित मिति :  १८ असार २०८१, मंगलवार १६:२०


सिरहा । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उहाँका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो ।

 

 

-रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !