६ श्रावण २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मधेश प्रदेशलाई आँप जाेन घाेषणा गराैं, भारतबाट आँप आयात राेकाैं : प्रतिक्षा तिवारी

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १४:१३


काठमाडाैं । नेकपा एमालेकी सांसद् प्रतिक्षा तिवारीले मधेश प्रदेशलाई आँप जाेन घाेषणा गर्न माग गर्नुभएकाे छ ।

साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् तिवारीले मधेश प्रदेशमा आँप उत्पादन राम्राे भएकाले सरकारले आँप जाेन घाेषणा गर्नुपर्ने बताउनुभयाे ।

अहिले आँपकाे सिजन भएकाे र धनुषा, सिरहा, सप्तरी महाेत्तरी लगायत जिल्लामा आँप उत्पादन राम्राे भएकाे उहाँले बताउनुभयाे । नेपालमा आँप उत्पादन राम्राे भएपनि भारतबाट विषादी प्रयाेग गरिएकाे आँप भित्रिँदा नेपाली आँपले उचित मूल्य र बजार नपाएकाे सांसद् तिवारीले बताउनुभयाे ।

नेपालमा उत्पादन भएकाे उचित मूल्य र बजार व्यवस्थापन गरी ब्राण्डिङ गर्न माग गर्दै उहाँले भारतबाट आँप आयात राेक्न माग गर्नुभषाे ।

मधेश प्रदेशलाई आँप जाेन घाेषणा गराैं, भारतबाट आँप आयात राेकाैं : प्रतिक्षा तिवारी


226
Shares

प्रतिक्रिया दिनुहोस !