२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पहिरोले पुरिँदा बालकको गयाे ज्यान

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार ०८:५९


काँक्रेविहार (सुर्खेत) । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उहाँका बुबा रमेश घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

–रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !