२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

प्रकाशित मिति :  १६ असार २०८१, आईतवार १२:२८


उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।
त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो । सडक  अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् ।
यस्तै, खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुट्टा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरुद्ध भएपछि रोकिएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताउनुभयो ।
नगर प्रमुख वसन्त बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ । आज बिहान ४ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय ज्ञानेन्द्र मगरले बताउनुभयो ।
–रासस


452
Shares

प्रतिक्रिया दिनुहोस !