१० श्रावण २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’

प्रकाशित मिति :  १५ असार २०८१, शनिबार १२:४९


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

बालचन्द्र स्मृतिसभा परिवार जनविचार पब्लिकेसनद्वारा शुक्रबार आयोजित प्रा घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, हामी जुनसुकै राजनीतिक पक्षका व्यक्ति भए पनि राष्ट्र निर्माणमा हाम्रो एकमत हुनुपर्छ, देश निर्माणमा हाम्रो ध्यान जानुपर्छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले बालचन्द्र शर्मा देशका लागि आवश्यक व्यक्ति भएको र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, बालचन्द्र शर्मालाई वैदेशिक हस्तक्षेपको असहमति, राष्ट्रिय भावनाको समृद्धिको पक्षमा उभिने नेताका रुपमा मैले चिनेको छु ।

कार्यक्रममा पत्रकार टङ्क पन्तलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

 

–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !