२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नाग्ममा अर्गानिक कोसेली घर स्थापना

प्रकाशित मिति :  १४ असार २०८१, शुक्रबार १४:२७


जुम्ला । कर्णाली राजमार्ग सडकखण्डको जुम्ला र कालिकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले अर्गानिक कोसेली घर स्थापना गरेको छ । जिल्लामा उत्पादन हुने रैथानेबालीको बजारीकरण र आन्तरिक तथा बाह्य पर्यटनसम्म अर्गानिक कोसेली सहजरुपमा पु¥याउने उद्देश्यले राजमार्गको कालिकोट, जुम्ला हुँदै मुगुसम्मको मुख्य खण्डको नाग्म बजारमा अर्गानिक कोसेली घर स्थापना गरिएको हो ।
कर्णालीका रैथाने कृषि तथा पशुजन्य वस्तु सङ्कलन गरी बजारीकरण गर्नको लागि कोसेली घर स्थापना गरिएको सहकारीका प्रबन्धक विश्वराज खत्रीले बताउनुभयो । संस्थामा आवद्ध सदस्यहरुको जीविकोपार्जनमा सुधार गर्ने र किसानलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले उक्त कोसेली घर स्थापना गरिएको उहाँको भनाइ छ ।
उत्पादित रैथाने कृषिबाली सिधँै उपभोक्ताको पहुँचमा पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई राहत पुग्ने खत्रीले बताउनुभयो । कोसेली घरले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा समेत गरिएको छ ।
स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्गमा कोसेली घर सञ्चालन गरिएकोसहकारी संस्थाले जनाएको छ । सहकारीमा आवद्ध महिला सदस्यहरुले उत्पादन गरेका रैथाने बाली कोसेली घरमा राखिएका छन् । जुम्ला र कालिकोटका महिलाले उत्पादन गरेका वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो ।
-रासस


452
Shares

प्रतिक्रिया दिनुहोस !